रुम्सी। चिटिक्क मिलेका ढुङ्गाले छाइएका परम्परागत घर । घरमा पुग्न बाटामा ढुङ्गाले छपक्क विछ्याइएका । गाउँको कूल घरधुुरीमध्ये ९० प्रतिशत मगर समुदायका । तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँ आफैँमा विविधतायुक्त मौलिकता बोकेको सुन्दर रमणीय । गाउँ पर्यटनको प्रवर्द्धनका माध्यमबाट स्थानीयवासीको आयआर्जन बढाउने उद्देश्यका साथ तीन वर्षअघि व्यास नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यस गाउँलाई…