प्रतिनिधिसभा निर्वाचनः महोत्तरी–४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी। प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् । दक्षिणी सीमा भारत र पश्चिममा सर्लाही जिल्ला पर्ने यस क्षेत्रका मतदाता विकासका दृष्टिले धेरै पछाडि छ । यहाँका बासिन्दाले स्वास्थ्य सेवाका निम्ति भारत जानुपर्ने बाध्यता छ । “कोही बिरामी परेमा भारतीय मुद्रा साट्न दौडनुपर्छ, बिरामी…