आन्दोलनरत आवासीय चिकित्सकलाई १२ घण्टाभित्र कलेज छाड्न नेसनल मेडिकल कलेजको अल्टिमेटम

वीरगञ्ज । पर्सास्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आन्दोलनरत स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई १२ घण्टाभित्र छात्रावास तथा कलेजले उपलब्ध गराएको आवास खाली गर्न निर्देशन दिएको छ। कलेजले बिहीबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ का स्नातकोत्तर प्रथम वर्षका सम्पूर्ण आवासीय चिकित्सकलाई सूचना जारी भएको समयदेखि १२ घण्टाभित्र छात्रावास, क्वार्टर वा अन्य आवासीय सुविधा खाली…