दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-६ नाम्दुमा निर्माण भएको ३३-११ केभीको विद्युत सबस्टेशन मंसिरभित्रै सञ्चालनमा आउने भएको छ। निर्माण सम्पन्न भएर पनि स्थानीयको विवादको कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेशन सुचारूको लागि शनिबार वैतेश्वर गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्र र निर्माण कम्पनी ग्रीड सोलार एण्ड इनर्जी र स्थानीय बिच सहमति गरी १५ दिनभित्र उक्त सबस्टेशन सञ्चालन गर्न ११ केभीको स्तरोन्नति गरी ३३ केभीलाइनको लुप आउट गरेर वैतेश्वर क्षेत्रमा सुरक्षित विद्युत प्रवाहको लागि ३३ केभी लाई विस्तार गर्न १६ वटा विद्युतिय पोल गाड्ने सहमति भएको वैतेश्वर-६ नाम्दुका वडा अध्यक्ष अशोक तामाङले जानकारी दिए।शनिवार बिहान वैतेश्वर गाउँपालिका…