प्रधानमन्त्रीको विदेश भ्रमणमा जलवायु न्याय र रसुवाको बाढीलाई उच्च प्राथमिकता दिइयोस्ः मदनकुमारी साह

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीकी नेतृ मदनकुमारी साहले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणका क्रममा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको अपूरणीय क्षति र रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको मुद्दालाई विश्व मञ्चमा सशक्त रूपमा उठाउन सरकारसँग माग गरेकी छन् । सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले जलवायु न्याय, हानि–नोक्शानीको क्षतिपूर्ति र हिमाली क्षेत्रको सुरक्षालाई कुटनीतिक…