नारायणगढ (चितवन) । चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा एक लाख सात हजार ४३९ पटक स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवाबाट ४४ हजार ९७२ जनाले सेवा लिएका छन् भने अल्ट्रासाउन्ड सेवा ५३ जना र अन्तरंग सेवा ३२…