काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुललगायत संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। आज सडक विभागका अधिकारीलाई उनले क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न निर्देशन दिएका हुन्। मन्त्री दाहालले भोटेकोशी नदीले पुर्याएको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनेतर्फ लाग्न समेत निर्देशन दिए।…