स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शनिबार सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्। बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियान सुरु गरिएको मन्त्री पौडेलले बताए। प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण विन्दु प्राशन खुवाएर कार्यक्रमको…