पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

धनुषा । जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । उनीहरूको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । दुवै जना बिहान पोखरीमा नुहाउन गएका…