बाढीपीडितका लागि काठमाडौँ महानगरपालिकाद्वारा पाँच विद्यालयमा अस्थायी आश्रयस्थल

काठमाडौँ । हालसम्म काठमाडौँ महानगरपालिकाभित्रका पाँच विद्यालयमा बाढीको जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित रूपमा राखिएको छ। मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै बाढीपीडितहरूको लागि आवश्यक खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको उल्लेख गरेका छन्। महानगरको शिक्षा विभागका अनुसार महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि अस्थायी आश्रयस्थल (सेल्टर)को व्यवस्था गर्न सकिने छ। हाल…