काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ यान्चोकका महिलाहरूले सयपत्री फूल खेती विस्तार गरेका छन् । यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूल खेतीमा रमाइरहेका छन् । पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूल खेती गरेका थिए । यस वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पुर्याएको यान्चोकटार…