नागढुंगा चेकपोष्टबाट फर्काइए २५० सवारीसाधन

काठमाडौँ । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुंगा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडैँतर्फ नै फर्काएको छ । धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आज बिहानदेखि नै नागढुंगा-मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले…