काठमाडौँ- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संसदको चालू अधिवेशनबाटै पारित गर्ने गरी अघि बढाउन आग्रह गरेका छन् । आइतबार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँगको छलफलका क्रममा मन्त्री लेखकले प्रहरीसम्बन्धी कानुन निकै पुरानो भइसकेको अवस्थामा नयाँ कानुन बनाउन संसदको यसै अधिवेशनबाटै…