मोटरसाइकल र साइकल ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौँ । सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । आज साँझ सवा ५ बजेतिर सिरहा नगरपालिका-१८ लक्षमिनिया स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २-०१००३ प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ गइरहेको साइकल सन्हैठा नजिक एक आपसमा ठोकिएको हो । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर–१२ का २९…