काठमाडौँ- काठमाडौँ महानगरपालिकाले एक लस्सी भण्डारलाई जरिवाना गरेको छ । काठमाडौँ महानगरपालिका–२४ मा रहेको जनकपुर दही लस्सी भण्डारले बेचेको दहीमा ब्लेड भेटिएपछि महानगरले जरिवाना तिराएको हो । महानगरले लस्सी भण्डारलाई २५ हजार जरिवाना तिराएको छ ।