काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका-९का ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले अघिल्लो असार ३ गते निजलाई बैंकिङ कसुर मुद्दामा दुई महिना कैद, बिगो रु. दुई करोड ५० लाख जरिवाना र क्षतिपूर्तिबापत…