काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन्। सोमबार शपथग्रहणसँगै पदभार ग्रहण गर्ने क्रममा उनले आफूलाई थप सुविधा आवश्यक नभएको स्पष्ट गर्दै मन्त्रालयमै बस्ने इच्छा व्यक्त गरेका थिए। यसै क्रममा उनले सचिवलाई मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। मन्त्रालयका अनुसार पुनका लागि केशर महलमै बस्ने व्यवस्था मिलाइएको छ। सिंहदरवारभित्र…