मुस्ताङ । पछिल्लो समय बेनी-जोमसोम-कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायांकनको आकर्षक गन्तव्य बनेको छ । संघीय राजधानी काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायांकन गर्नेक्रम बढेको हो । साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायांकन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा…