काठमाडौँ - नेपालका पर्यटन पेसाकर्मीका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौँ ब्याचको औपचारिक उद्घाटन गरे । नेपालका पर्यटन पेसाकर्मी तथा व्यवसायी लक्षित गर्दै सुरु गरिएको भाषा प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै…