काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। मंगलवार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागको सूचनालाई ध्यान दिएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन्। ‘त्रिशुली नदी लगायत केही नदीहरूको जलसतह बढेका समाचारहरू आएका छन् । जल तथा मौसम विज्ञान विभागको सूचनामा…