खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रका लागि अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरे आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो…