काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार रिटमाथि सुनुवाइ सुरु भए पनि नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो । गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट…