रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता मिति निर्धारण

काठमाडौँ। निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर-३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो । रुपन्देही क्षेत्र नम्बर-३ मा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा…