काठमाडौँ । गृह मन्त्रालयले आगामी ५ चैतमा हुने स्ववियु चुनावको लागि सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनावको लागि सुरक्षा प्रबन्ध गर्न माग गरेपछि गृहले सुरक्षा निकायलाई निर्देशन दिएको हो । नेपाल प्रहरीको प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई स्ववियु चुनाव हुने क्याम्पसमा…