विनयी खोलाको बाढीले बस बगाउँदा ३८ यात्रुको एक्साभेटरबाट उद्धार

नवलपरासी  - पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा एक्साभेटरको सहयोगमा ३८ यात्रुको उद्धार गरिएको छ। काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे.१.ख ४०८५ नम्बरको बसलाई मध्यराति १२:१० बजे बाढीले बगाएको थियो। बाढीमा फसेका तीन शिशुसहित ३८ यात्रुलाई स्थानीय प्रशासन र प्रहरीको सहयोगमा एक्साभेटर प्रयोग गरी सुरक्षित उद्धार गरिएको हो।…