काठमाडौँ- बुटवल-नारायणगढ सडकखण्डको दाउन्नेमा ग्राभेल हालेर केही बेरअघिबाट यातायात सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयले दाउन्नेको दलदल हिलोमा ग्राभेल राखेर भर्खरै यातायात सञ्चालन गराइएको जानकारी दिएको छ ।हिलोको दलदलमा फसेको सडकमा ग्राभेल राखेर सहज बनाएपछि गाडी गन्तव्यतर्फ हिँडेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसोबाट दाउन्नेको विश्वकर्मा मन्दिरअगाडिको दलदल हिलोबाट गाडी निकाल्न ग्राभेल राख्न थालिएको…