काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि जारी युद्ध अन्त्य गर्न रुसलाई १०–१२ दिनको नयाँ अल्टिमेटम दिएका छन् । यसअघि यसै महिना दिएको ५० दिनको समय सीमालाई छोट्याउँदै ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आफ्नो निराशा व्यक्त गरेका छन् । अलजजिराका अनुसार, स्कटल्यान्डमा युरोपेली नेताहरूसँगको भेटघाटसँगै गल्फ खेल्दै गरेका ट्रम्पले सोमबार पुटिनप्रति निराशा प्रकट गर्दै भने,…