देशभर हालसम्म करिब ७८ प्रतिशत धान रोपाइँ , सबभन्दा कम धान रोपाइँ मधेशमा

काठमाडौँ । देशभर हालसम्म करिब ७८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये ११ साउनसम्म १० लाख ८६ हजार १ सय ४८ हेक्टरमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झन्डै १३.७६ प्रतिशतले रोपाइँमा कमी आएको हो । प्रतिशतका हिसाबले…