काठमाडौं- महिनौँदेखिको अड्कलबाजीलाई अन्त्य गर्दै डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपालको सम्झौताअन्तर्गतका परियोजनालाई निरन्तरता दिने भएको छ। झण्डै आधा दशकदेखि नेपालमा चर्चाको केन्द्रमा रहेको एमसीसी परियोजना अघि बढ्ने भएको छ। अमेरिकी दूतावासले शुक्रबार अर्थमन्त्रालयलाई इमेलमार्फत र परराष्ट्र मन्त्रालयलाई मौखिक रूपमा एमसीसी परियोजनाको निरन्तरताबारे जानकारी गराएको हो। योसँगै एमसीसी परियोजना अब नरोकिने…