सिंहदरवार क्षेत्रका सडकमा सवारी सञ्चालनमा रोक, सर्वसाधारणको प्रवेशमा कडाइ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आजको विरोध प्रदर्शनलाई लक्षित गर्दै सिंहदरवार वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रमुख प्रशासनिक केन्द्रको सुरक्षा मजबुत बनाउँदै सिंहदरवार क्षेत्रका चारैतिरका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। सिंहदरवार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरवार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडक पूर्ण रूपमा सुनसान छन्। ती क्षेत्रहरूमा ब्यारिकेड राखेर…