काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध हुन निर्देशन दिएका छन् । कर्णालीका केन्द्रीय सदस्यहरूलाई सामूहिक भेट दिँदै ओलीले भर्खरै सकिएको केन्द्रीय कमिटी बैठकमा कर्णालीको एकताबद्ध सन्देश प्रवाहमा धन्यवाद दिए । ३ घण्टा लामो भेटमा ओलीले संघर्षपूर्ण इतिहासमा ठूल्ठूला तुफानहरूको…