किट कलेजका नेपाली विद्यार्थी वीरगञ्ज र काँकरभिट्टा नाका हुँदै घर फर्किदै

काठमाडौं । भारतको ओडिसास्थिट कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजबाट निकालिएका नेपाली विद्यार्थीहरु पर्साको वीरगञ्ज र झापाको काँकरभिट्टा नाका हुँदै घर फर्किन थालेका छन् । किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगञ्ज नाकाबाट घर फर्किएका छन् । किट कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले…