डोटी। सुदूरपश्चिममा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन्। बुधवार राति चट्याङ लागेर डोटी सायल गाउँपालिका-६ की ३३ वर्षीय कमला नागरी र बझाङको वित्थडचिर गाउँपालिका-३ का ७८ वर्षीय धौले बोहराको मृत्यु भएको हो । डोटीमा चट्याङ लागेर घाइते हुनेमा १० वर्षीय तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय…