काठमाडौं- सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ । शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ । वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले…