काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका दुर्घटना हुँदा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको…