काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । गत शुक्रबार राति पक्राउ परेका उनलाई केहीबेर अघि म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा लैजाने बताइएको छ।थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्रलाई हतकडी लगाइएको छ ।…