ठाउँ ठाउँमा वर्षा, घट्न थाल्यो तापक्रम

काठमाडौँ । मौसम बदली भएसँगै ठाउँ ठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्व क्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेको छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले…