काठमाडौँ- भिजिट भिसा प्रकरणले अवरुद्ध सदन खुलाउनको लागि सत्ता र प्रतिपक्ष सहमति नजिक पुगेका छन् । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र गृहमन्त्रीमाथि छानबिनबाटै ब्याक भएपछि आजदेखि सदन सहज सुचारु हुने संकेत देखिएको हो । काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफूहरू सहमति नजिक पुगेको दाबी गरे । उनले भने, ‘हामी अहिले छलफलमा छौँ, सदन आजदेखि खुल्छ ।…