काठमाडौं - नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई आजै कारागारबाट छाड्ने तयारी गरिएको छ । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ आजै सफाइ दिएको थियो। आदेशसँगै उच्च अदालत वीरगञ्जबाट पत्र आइपुगेको र केहीबेरमै छाड्ने तयारी गरिएको कारागार स्रोतले जानकारी दिएको छ । ‘अदालतबाट पत्र आइपुगेको छ, केहीबेरमा…