काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलाको घटनाप्रति नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत मन्त्री राणाले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने हिंसाको निन्दा गरेकी छिन् । परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरेकी छिन् ।…