काठमाडौँ- उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा नेपाल अंग्रेजी भाषा शिक्षक संघको २९औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास हुनुपर्ने बताएका हुन् । विगतभन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन…