चिनियाँ समूहले ३३ किलो सुन तस्करी गरेको पुष्टि, २६ जनाको संलग्नता

काठमाडौ । दोलखाको लामाबगर क्षेत्र हुँदै चिनियाँ समूहले ३३ किलो सुन नेपालमा तस्करी गरेको निष्कर्ष प्रहरीले निकालेको छ । तस्करीमा २६ जनाको संलग्नता पुष्टि भएको र अहिलेसम्म १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । तस्करी भएको ३३ किलोमध्ये साढे ११ किलो दोलखा प्रहरीले बरामद गरेको छ । करिब आठ साता लामो अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको छ ।…