डडेल्धुरा । जिल्लाका स्थानीय तहहरूले महिलालाई सीप सिकाउन थालेका छन् । यहाँको अमरगढी नगरपालिका-५ अमरगढीका महिलाहरूलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ । सो वडाका वडाध्यक्ष टंक क्षेत्रीका अनुसार वडा कार्यालयको समन्वयमा २० जना महिलालाई ब्यूटिसियन तालिम सञ्चालन गरिएको हो । तीन महिने सो तालिमले उनीहरूलाई व्यवसाय गर्न सहज हुने विश्वास गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।…