भक्तपुरमा कार र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भक्तपुर । भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई पेप्सीकोलामा बस्दै आएका २९ वर्षीय राजु राईकी श्रीमती २३ वर्षीया सपना राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए । मध्यपुरथिमि नगरपालिका–२ दिव्येश्वरीस्थित क्षमावती ग्रुप…