काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरका प्रमुख बालेन साहले हिटलरको शैलीमा कवाडीमाथि डोजर चलाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको बताए । उनले बालेनलाई च्यालेज गर्दै भने, ‘हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ। यो शैली चल्दैन। यो कानून र…