काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्पबाट प्रभावितलाई अस्थायी आवासको सुनिश्चित गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा उनले जाजरकोट भूकम्पबाटबाट ९२ हजारभन्दा बढी घरको पुनः निर्माण गर्नुपर्ने आकलन गरिएको र कतिपय परिवारले हालसम्म दोस्रो किस्ता पनि नपाएको गुनासो रहेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।…