प्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार

सङ्खुवासभा- सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घण्टापछि एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रसूति व्यथा लागेको १८ घण्टापछि भोटखोला–४ नामासे की ३६ वर्षीया याङजम भोटेलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो स्थान अझै यातायातको पहुँच पुगेको छैन । प्रसूति व्यथापछि बुधबार नामासे…