ओलीसँग संवादपछि एमालेमा फर्किने भए बामदेव गौतम

काठमाडौं– नेकपा एकीकृत समाजवादीसँग एकताको च्याप्टर क्लोज गरी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सकारात्मक संवाद भएपछि बामदेव गौतमले अभियानलाई बिलय गराउने भएका छन्। उनले ओलीसँगको टेलिफोन वार्तापछि नेकपा एकता अभियानलाई एमालेमा बिलय गराउने निधो भएको हो। नेता गौतमले एकीकृत समाजवादीसँग गर्ने भनेको एकता प्रक्रियाको च्याप्टर क्लोज भएपछि एमालेसँग एकता गर्न लागेको बताइएको छ।…