म्याग्दी । मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ। बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुइटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ। वडासदस्य गर्वे गुरुङले काले कामी र तुलबहादुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए। ‘पहाडको फेदीबाट सुरु भएको दुइटा पहिरो फेदीमा रहेको रितुङखोलासम्म पुगेको छ’, उनले भने,…