२०८४ सालको चुनावपछि मात्रै गठबन्धन सरकार ढल्छ : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने जवाफ दिएका छन् । एमालेका अध्यक्षसमेत रहेका ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अस्थिरता मच्चाउन खोज्नेहरूले सरकार ढल्छ भनेर प्रचार गरेको बताए । ‘प्रचण्ड’ले पछिल्लो समय हरेकजसो भाषणमा सरकार ढल्न लागेको बताउँदै आएका…